राजनीति

धनराज जंगिएः बोली नबुझिएपनि शुसीलले संबिधान बनाए, देउवाले तीन तहको निर्बाचन गरे ! कम्युनिष्टले केहि गरेन महामहिम !

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीले संबिधान दिवशका अवशरमा काँग्रेस सभापति शेरबहादुर देउवालाई बोलि नबुझिएको भन्ने सार्बजनिक अभिब्यक्तीप्रति व्यँग्य गरेका छन् ।

पञ्चायतकालमा लोकतन्त्रका पक्षमा लाग्दा पञ्चेले जिब्रो करेन्ट लगाएर बोली नबुझिले भएपनि शुसील कोइरालाले संबिधान बनाएको र शेरबहादुर देउवाले स्थानीय तहको निर्बाचन सफलतापूर्वक सम्पन्न गराएको दाबी गर्दै कम्युनिष्ट सरकारले देश र जनताका लागि केहीपनि गर्न नसकेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘सुशिल कोइरालाको वोली बुझिंदैनथ्यो तर कर्म बुझियो, जसले गर्दा उहाँकै नेतृत्वमा संविधान बन्यो। पञ्चायती शासकहरुले जिब्रोमा करेन्ट लगाएकै कारण शेर ब. देउवाको पनि वोली बुझिंदैन तर ३ तहको चुनाव गरेर उहाँको पनि कर्म बुझियो। तर वोली बुझिने कर्म नबुझिनेहरु प्रति केहि भन्नु छ महामहिम ज्यु ?