राजनीति

गुटउपगुट हटाए काँग्रेस बन्छः नेता केसी, अर्थतन्त्र सुधार्न काँग्रेसको विकल्प छैन–डा महत

काठमाण्डौ । नेपाली काँग्रेस पञ्चकन्या काठमाण्डौ सम्पर्क समितिको आयोजनामा काठमाण्डौमा आयोजना भएको दशै तिहार छठ शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीभित्र भएका समस्त गुटउपगुटलाई अन्त्य गर्दै समष्टिगत एकता कायम गर्नु आजको काँग्रेसको आवश्यक्ता भएको बताएका छन् ।

अर्थविद एवं नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य डा रामशरण महतले नेपाली काँग्रेसले सुदृढ बनाएको अर्थतन्त्र कम्युष्टि सरकारले ध्वस्त बनाउने बाटोमा लगेको र अर्थतन्त्र सुधार्न काँग्रेस सरकारको विकल्प नभएको दाबी गरेका थिए ।

युवा नेता एवं नेपाली काँग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधान दिवशका अवशरमा काँग्रेस सभापति शेरबहादुर देउवाप्रति अमर्यार्दित ब्यबहार हुनुमा दुःख ब्यक्त गर्दै कम्युनिष्ट सरकारले भ्रष्टाचार कुसासन, हत्या हिंसा, महंगी बढाएको भन्दै बर्तमान ओली सरकारलाई काण्डै काण्डको सरकारको संज्ञा दिएका थिए ।

संपर्क समिकिा अध्यक्ष गणेश सिटौलाले दशैं, तिहार छठको आयोजनामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको सभापतित्व गरेका थिए । कार्यक्रममा नुवाकोटबाट काठमाण्डौ आई बसोबास गर्ने काँग्रेस कार्यकर्ताको व्यापक उपस्थिति थियो ।