राजनीति

पार्टीका शिर्ष नेताको चरित्र र आचरणका कारण कांग्रेसले पराजय व्यहोर्योः वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेताको व्यवहार र चरित्रले कांग्रेस पराजय भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता पौडेलले यस्तो बताएका हुन् ।

साथै मुलुकका हरेक परिवर्तनमा कांग्रेसको सिद्धान्तले जिते पनि पार्टीका विरष्ठ नेताको व्यवहार, आचरण र चरित्रका कारण निर्वाचनका आफ्नो पार्टीले पराजय भोगको उल्लेख गरेका छन् ।

उनको ट्वीटः मुलुकका हरेक परिवर्तनमा काङ्ग्रेसको सिद्धान्तले जितेको भएतापनि पार्टीका नेताको व्यवहार, आचरण र चरित्रका कारण निर्वाचनमा पराजय भोग्नुपरेको हो ।