अन्तर्राष्ट्रिय

जेलेन्स्की र ट्रम्पबीच आगामी हप्ता भेटवार्ता हुने

एजेन्सी । यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपतिबीच आगामी हप्ता न्यूयोर्कमा भेटवार्ता हुनेभएको किभको उच्चस्तरीय एक स्रोतले शुक्रबार जनाएको छ ।

जेलेन्स्कीले गत मे महिनामा सत्तारोहण गरेपछि दुई नेताबीच हुन लागेको यो पहिलो भेट हो । संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन जेलेन्स्की यही सेप्टेम्बर २३ देखि २६ सम्म अमेरिका जाने कार्यक्रम तय भएको र सोही अवसरमा उनिहरुबीच भेटवार्ता हुन लागेको जेलेन्स्कीको कार्यालयले जनाएको छ ।

ट्रम्पसँगको भेट ‘रूसी समर्थनप्राप्त’ पूर्वी यूक्रेनी पृथकतावादी समूहसँगको तनावलाई अन्त्य गर्न अमेरिकासँग छलफलका लागि हुने गरी तय भएको यूक्रेनले बताएको छ ।