खेलकुद

ताजिकिस्तानसँग नेपालको लज्जास्पद हार

काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७(० गोलको फराकिलो अन्तरले पराजित भएको छ ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा पहिलो हाफमा ४(० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खाएको थियो । जितसँगै ताजिकिस्तानले अपराजित यात्रा कायम राखेको छ । ताजिकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ ।

३ खेलमा दुई हार व्यहोरेको नेपालको १ अंक छ । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७(० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कुवेतसँग १(१ गोलको बराबरी खेलेको थियो ।

छनोटको समूह ए मा रहेको नेपालले अब अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।