समाचार

वैदेशिक रोजगार अधिवेशनः काँग्रेस समूहको उम्मेदवारी घोषणा, विजय निश्चित भएको दाबी

काठमाण्डौ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी घोषणा गरिएको हो । त्यसैगरी सो समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी घोषणा गरिएको छ ।

यसैगरी सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलको उम्मेदवारी घोषणा गरिएको छ ।

अध्यक्षका प्रत्याशी गैरेले व्यवसायलाई मर्यादित, व्यवस्थित र नियमित गर्ने तथा पेशागत हकहितको सुरक्षाका साथै कामदारको हकहित र सुरक्षामा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले श्रम सम्झौता नभएका मुलुकसँग तत्काल सम्झौताका लागि नेपाल सरकारसँग पहल गर्ने र नयाँ तथा आकर्षक गन्तव्य मुलुकको पहिचान गरी श्रम सम्झौता गरेरमात्र कामदार पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

घोषणा सभामा फोरमका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेले वैदेशिक रोजगार व्यवसायमाथि चौतर्फी रुपमा आक्रमण भइरहेको उल्लेख गर्दै व्यवसायी फुटेर होइन एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घको २७ औँ साधारणसभा यही असोज ७ गते राजधानीमा हुँदैछ । नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट रहेका व्यवसायीले दुई समूह खडा गरेर निर्वाचनमा होमिँदै छन् । प्रगतिशील समूहले शनिबार उम्मेद्वारी घोषणा गर्ने जनाएको छ ।

नेकपा सरकारका श्रम मन्त्री गोकर्ण बिष्टले म्यानपावर वयावशाय लाई धरापमा पारेको आरोप लगाईरहेकाले व्यावशायीहरुले
लोकतान्त्रीक समूहलाई नै विजयी गराउने व्यावशायीहरुको अनुमान छ । केही नेकपा निकटका व्यावशायी नै नाम नभन्ने शर्तमा लोकतान्त्रीक वा काँग्रेस निकटका उमेर्द्वारलाई नै बतदान गर्ने बताउछन् ।

सम्पर्क नम्बरसहितको यस्तो बनाईएको छ टिम

अध्यक्ष : बिष्णु प्रसाद गैरे अक्सन ईन्टरनेशनल प्रा.लि
९८५१०२७६५१
प्रथम उपाध्यक्ष : कमल तामाङ्ग हिमारब ओभरसिज प्रा लि
९८५१०९५२३९
द्धितिय उपाध्यक्ष: कमल देव मल्ल मेनपावर लिंक प्रा.लि
९८०१०१८६१८
तृतिय उपाध्यक्ष: किशोर कुमार के.सी एस.आर.के नेपाल प्रालि
९८५१०७८८७२
महासचिव : सुजित श्रेष्ठ एलाईन्स ह्यूमन रिसोर्स प्रा.लि
९८५१०७०६५२
सचिव : मेघनाथ भुर्तेल निलकमल ह्यूमन रिसोर्स प्रा.लि
९८५१०७०२८२
कोषाध्यक्ष: ईन्दीरा गुरुङ्ग सि एस टि सिजन प्रा.लि
९८५११०१६७१
सदस्य: कर्णराज कटुवाल डाईनामिक स्टाफिङ सोलुसन प्रालि
९८५१०९५०९२
सदस्य :दिनेश कुमार राय (राहुल)अल नासिर ओभरसिज प्रालि
९८५१०८८८५९
सदस्य : सुरेन्द्र अर्याल डस लिंक प्रा लि
९८५१०७४७०९
सदस्य : हर्कबाहादुर लिम्बु ईम्पाईमेन्ट क्रियसन सर्भिस प्रा लि
९८५१००६९५६
सदस्य : बिजय लामा नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रा लि
९८०१०७७०९१
सदस्य : वावुलाल मगर नरेन्द्र ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालि
९८५१००३७०७
सदस्य : केशवराज न्यौपाने गुगल ओभरसिज सर्भिस प्रा लि
९८५१०००८७६
सदस्य :छविलाल भटराई प्रेष्टिज एच आर सोलुसन प्रा लि
९८५१०१४५३८
सदस्य: जंगबाहादुर ईजमएलन ओभरसिज प्रा लि
९८५१२३०३४७
सदस्य : लक्ष्मण पौडेल त्रिवेणी ओभरसिज प्रा.लि
९८५११२३१७०

तिलक बाहादुर रानाभाट
संयोजक
निर्वाचन परिचालन मुल समारोह समिति