राजनीति

बाँकेका तरुण नेता/कार्यकर्ता आक्रमण गर्नेलाई कारबाही नगरे प्रतिकारमा उत्रिन्छौंः अध्यक्ष बस्नेत

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुणदलले बाँकेमा तरुण दलका नेपालगंज सभापति संदिपजंग शाह, स्थानीय नेता घमण्ड खड्का र अमर रोकायालगायतमाथी भएको नेकपा समर्थितले गरेको आक्रमणको घोर निन्दा गरेको छ ।

दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ती जारी गर्दै नेपालगंंजको धम्बोजी चोकमा बिनोद खड्का र दीपक थापा लगायतले तरुण दलका नेता कार्यकर्तामाथी आक्रमण गरेको बताएका छन् । अध्यक्ष बस्नेतले घाईतेभएर उपचार गराईरहेका तरुण नेता कार्यकर्ताको उपचारको ब्यवस्था गर्न, काुननी राज्य स्थापना गर्न र समाजमा शान्ती छाउने कार्यमा लाग्न आग्रह गर्दै जनताका छोराछोरी कुट्ने गुणहरुलाई कारबाही नगरे तरुण दललाई प्रतिकारमा उत्रिन बाधयता हुने चेतावनी दिएका छन् ।

स्थान्ीय वडाध्यक्ष सुमन मल्लको विवाद ल्याएर नेकपाका कार्यकर्ताहरुले तरुण दलका नेतामाथी आक्रमण गरेका थिए ।