आर्थिक

ढकाल, अधिकारी, न्यौपानेसहितका बैंकरले राष्ट्रपतिबाट पाए सम्मान

काठमाडौं । सरकारले बैंक बित्तिय क्षेत्रमा उत्कृष्ट सेवा पुर्याए बापतका ब्यक्ती बिशेषलाई सम्मान गर्ने भएको छ । बैंक क्षेत्रमा लामो समय लगाएर आम नागरिकको हितमा पुर्याएको उच्च योगदानको कदर गर्दै सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष विभिन्न मान पदवी सहित सम्मानका लागि सिफारिस गरेको हो ।

२०७६ असोज ३ गते संबिधान दिवसको बिशेष समारोहमा मान पदवी पाउने बैंक बित्तियबाट पाँच भाईले राष्ट्रपतिबाट मान पदवी पाउने भएका हुन् ।

बैंक वित्तिय क्षेत्रबाट मानपदवी पाउने हस्तीहरुमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल, नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारी, एनआईसी एसिया बैंकका कार्यकारी प्रमुख अर्थात सिइयो रोशन कुमार न्यौपाने, सेञ्चुरी बैंकका बजार प्रमुख रञ्जन खड्का, एभरेष्ट बैंकका नायव प्रबन्धक राम राजा उप्रेती रहेका छन् ।