समाचार

नेपाली सेनाले गर्यो आठौं लिगल सेमिनार सम्पन्न

काठमाडौं । गत भदौ ३० गतेदेखि गते जंगी अड्डा मा संचालन भएको आठौं लिगल सेमिनार तथा अन्तरक्रिया कार्यक्रमको बिहिबार प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले समापन गरेका छन् ।

प्रधानसेनापति महारथी श्री थापाले सेमिनारमा सम्वोधन गर्दै संक्रमणकालिन न्यायिक संयन्त्र, वैज्ञानिक अनुसन्धान पद्धती, कानूनी मस्यौदाको नीति, सिद्दान्त र व्यवहार, राष्ट्रिय सुरक्षा नीति अवधारणा र दुष्कृति सम्बन्धी कानून तथा न्यायसँग सम्बन्धित विविध विषयवस्तुहरुमा सो क्षेत्रका विषय विज्ञहरुबाट प्राप्त भएका प्रस्तुतीकरण तथा छलफल र अन्तरक्रिया कार्यक्रमले प्राड अधिकृत तथा पदिकहरुको पेशागत दक्षता अभिवृद्वि भई कार्यमा सहजता र एकरुपता कायम हुनेमा विश्वास व्यक्त गरेका थिए ।

सम्वोधनकै क्रममा संक्रमणकालिन न्याय सम्बन्धी स्थापित मूल्य मान्यतालाई मध्यनजर राखी संक्रमणकालिन न्याय व्यवस्थालाई टुङ्गोमा पुर्याणउनको लागि प्राड विवाकले समन्वयकारी भूमिका निर्वाह गर्ने जिम्मेवारीको लागि तयार रहनका साथै यस सेमिनारबाट प्राप्त भएका थप ज्ञान तथा अनुभवहरुलाई संस्थागत हितको लागि प्रयोग गरि सांगठनिक सुदृढीकरणको लागि महत्वपूर्ण योगदान दिन समेत निर्देशन समेत दिएका थिए ।

नेपाली सेनाका सबै पृतना मुखयालय तथा बाहिनी अड्डाणहरुमा कार्यरत प्राड अधिकृत तथा पदिकहरु सम्मिलित उक्त सेमिनारमा विषयविज्ञ श्री विष्णु सापकोटा तथा केन्द्रिय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक श्री पशुपति कुमार रायले समेत प्रस्तुतीकरण गरेका थिए ।