अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्रीद्वारा साउदी आक्रमणको शान्तिपूर्ण समाधानप्रति जोड

एजेन्सी । संयुक्त राज्य अमेरिकाले साउदी अरबको पेट्रोलियम प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणका कारण सिर्जना भएको अवस्थालाई शान्तिपूर्ण समाधान चाहेको विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् ।

रियाद र आवुधावीमा सहयोगी मुलुकसँगको छलफलपछि पोम्पेओले भने “इरानले आक्रमणको अस्वीकार गरेपनि बिहीबार अमेरिकी विदेशमन्त्री पोम्पेओ र सहयोगी मुलुकहरूबीच यस क्षेत्रको सुरक्षाका लागि व्यापक सहमति बनेको थियो ।”पोम्पेओले भने “सबै खाडी मुलुक शान्ति चाहेका छन् ।

हामी शान्तिका दृढसङ्कल्पित छौँ कि अब सबैले यसलाई पालना गर्नेछन् ।”“मलाई लाग्छ इश्लामिक गणतन्त्र इरानले यसैरूपमा हेर्नेछ ।”इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफले भने यसपहिले अमेरिका र साउदी गठबन्धन सैन्य आक्रमणले इरानलाई युद्धमा जान उद्दत गरेको बताए ।

उनले बिहीबार सीएनएन्लाई दिएको अन्तर्वार्तामा भने “हामी युद्ध चाहन्नौ । हामीले सैन्य तनावमा सम्लग्न हुन चाहन्नौँ । तर आफ्नो भूमिको रक्षाका लागि एक पल पनि पछि पर्नेछैनौ ।”