अन्तर्राष्ट्रिय

इजरायलमा नयाँ प्रधानमन्त्रीका लागि राष्ट्रपतिले परामर्श गर्ने

एजेन्सी । इजरायलका राष्ट्रपति रेउभेन रिभ्लीनले नयाँ सरकार गठनका लागि आइतबारदेखि परामर्श गर्ने भएका छन् । उनले नयाँ सरकार गठन गर्न कस्ले सक्छ भन्ने बारेमा निर्णय गर्न परामर्श गर्न लाग्नु भएको अधिकारीहरुले जनाएका छन् ।

यसै हप्ता सम्पन्न निर्वाचनको परिणामपछि इजरायलमा नयाँ सरकार गठन गर्नुपर्ने भएको राष्ट्रपति कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । राष्ट्रपति रिभ्लीनले संसदमा निर्वाचित दलहरुको बैठक आयोजना गनृेभएका छन् ।

बैठकमा उनले नयाँ प्रधानमन्त्रीका लागि कस्लाई सिफारिस गर्नुहुन्छ भनेर दलका नेताहरुलाई सोध्भनेभएका छन् । त्यसपछि मात्रै उनले नयाँ सरकार गठनका लागि सिफारिस गर्ने भएका छन् ।

निर्वाचनको अन्तिम परिणाम अहिलेसम्म घोषणा त भएको छैन । तर इजरायली सञ्चार माध्यमहरुले विपक्षी नेता गान्जको सेन्ट्रीष्ट ब्ल्यु एण्ड ह्वाईटले संसदको ३३ सिटमा जित हासिल गरेको र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राइट विङ् लिकुडले ३१ सिट जितेको छ ।

कुल १२० सिटका लागि भएको निर्वाचनको मतगणना अहिलेसम्म ९७ प्रतिशत भइसकेको समाचारमा जनाइएको छ । अहिलेसम्मको मतगणना अनुसार सवैभन्दा धेरै सिट जितेको पार्टीका नेता गान्जले आफ्नो नेतृत्वमा सरकार गठनका लागि अहिलेका प्रधानमन्त्री नेतान्याहूलाई आह्वान गरेका छन् ।