खेलकुद

एन्फाले राष्ट्रिय लिग चैत २५ गतेबाट सुरु गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय लिग चैत २५ गते सुरु गर्ने भएको छ । करिब एक महिना चल्ने प्रतियोगिता एन्फाले चैतको अन्तिम साता सञ्चालन गर्ने निर्णय गरेको हो ।

एन्फाले काठमाडौं र मोफसलमा हुने प्रतियोगिताको मिति सार्वजनीक गर्दै राष्ट्रिय लिगको समेत टुङ्गो लगाएको हो । राष्ट्रिय लिगमा सहिद स्मारक ए डिभिजन लिगका शीर्ष ६ क्लब र अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट कप खेल्ने ४ क्लबले सहभागीता जनाउनेछन् ।

एन्फाले यसअघिनै मोफसलमा सञ्चालन हुने फुटबल प्रतियोगिताका लागि नियमावली लागु गरिसकेको छ । ‘एन्फा प्रेसिडेन्ट कप हुन्छ वा लिग हुन्छ भन्ने टुङ्गो लाग्न बाँकी छ । तर चार टिमले राष्ट्रिय लिगमा सहभागीता जनाउनेछ ।’ एन्फा प्रवक्ता किरण राईले खेलपाटीसंग भने ।

एन्फाले मंसिर २८ गतेबाट माघ २९ गतेसम्म ए डिभिजन लिग सहित अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट लिग गर्नेछ । त्यस्तै चैत २५ देखि बैशाख २५ गतेसम्म राष्ट्रिय लिग गर्नेछ । यस्तै एन्फाले मोफसलको प्रतियोगिता सञ्चालनका लागि उपलब्ध गराईने मिति समेत सार्वजनीक गरेको छ ।

गोल्डकप आयोजकले एक हप्ता अगाडीनै प्रतियोगिताको खेल तालिका सार्वजनीक गर्नुपर्ने र प्रतियोगिताको बिमा गरिएको हुनुपर्ने नियम एन्फाले अनिवार्य गरेको छ । प्रतियोगिता नियमावली जारी भएको अवस्थामा मोफसलको फुटबल प्रतियोगिता थप ब्यवस्थित र व्यवसायीक हुने एन्फाको दाबी छ ।