सामाजिक सञ्जाल

नेता/कार्यकर्ताले प्रधानमन्त्रीको पद छाडेका गणेशमानको त्याग सम्झे काँग्रेस सुध्रिन्छः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राजा विरेन्द्रले प्रधानमन्त्री बन्नु भन्दा पनि नमान्ने काँग्रेसका संस्थापक नेता गणेशमान सिंहबाट बर्तमानका काँग्रेस नेताहरुले सिक्नुपर्ने बेला आएको बताएका छन् । गणेशमान सिंहको २२ औं स्मृति दिवशको स्मरण गर्दै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै नेता गुरुङले ०४६ सालको जनआन्दोलन लगत्तै तत्कालीन राजा विरेन्द्रले सर्बोच्च नेता गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न अफर गरेका भएपनि उनलेसन्त नेता कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्रीबन्न आग्रह गरेको कुरा जोडेका छन् ।

उनले पदको लोभ भएका नेताहरु काँग्रेसमा धेरै भएका कारण पार्टीमा गुटबन्दी हावी भएको र पार्टी बर्बाद भएकोतिर नेताहरुले ध्यान दिँदै गणेशमान सिंहको जस्तो त्याग देखाए पार्टी सुध्रिने अनुमान लगाएका छन् ।

 गुरुङ भन्छन्, ‘पदकै लागि पार्टीलाई भँड्खलोमा जाक्नेहरुले ०४६ सालको जनआन्दोलन लगत्तै तत्कालिन राजा बिरेन्द्रले गणेशमानलाई प्र.म.बन्न प्रस्ताव गर्दा आफु प्र.म.नबनेर किसुनजीलाई प्र.म.बनाउन प्रस्ताव राख्नुभएको कुरा सम्झिदिए कांग्रेस उँभो लाग्ने थियो कि? गणेशमानजीको २२औं स्मृति दिवशमा श्रद्वासुमन।’