खेलकुद

अध्यक्ष बैद्य एशियन कमिटिको सदस्यमा चयन

काठमाण्डौ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पियक कमिटिका उपाध्यक्ष चतुरानन्द बैद्य एशियन टेबलटेनिस युनियनको जुनियर्स कमिटको सदस्यमा चयन भएका छन् ।

ईन्डोनेसियामा जारी २४ औं एशियन टेबलटेनिस प्रतियोगिताका दौरान भएको युनियनको कँग्रेसले दक्षिण एशियाको तर्फबाट बैद्यलाई उक्त कमिटिमा चयन गरिएको हो ।

यस्तै गरि संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य भेट्रान्स कमिटिमा तथा महासचिव शंकर गौतम टेक्निकल तथा रेफ्रि कमिटिमा चयन भएको संघका उपाध्यक्ष एवं प्रतिनिधी धर्ममान बज्राचार्यले जानकारी गराएका छन् ।