राजनीति

हिलाम्मे सडक तत्काल पुनःनिर्माण नगरे सडकमै धर्ना दोहोर्याउने गगनको चेतावनी

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन कुमार थापाले भौतिक पुर्बाधार तथा यातायात मन्त्रीले आफूलाई काठमाण्डौका जिर्ण सडक पुननिर्माण छिट्टै गर्ने आश्वासन दिएको बताएका छन् । आज मन्त्रालयमा मन्त्रीलाईलाई सडकका समस्याका बिषयमा कुरा गएको र कुरा सकारात्मक रुपमा परिणाम पाउने खाल्को भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सडकमै धर्ना बसेको संकेत गर्दै आश्वासन पुरा नभए पुनः सडकमा नै धर्ना बस्ने घुमाउरो पारामा चेतावनी पनि दिएका छन् । काठमाण्डौका धेरै सडकमा बर्षायाममा हिलो र हिह्उदमा धुलोले हिँडिसक्नु नभएर पहिले दुईपटक सडकमा नै काठमाण्डौ ४ का साँसद समेत रहेका नेता थापा धर्ना बसेका थिए । उनले पुन सरकारले वास्ता नगरे आन्दोलन दोहोर्याउने बताएका छन् । 

उनी लेख्छन्, “‘सडक निर्माण’ कार्यलाई गति दिने संघर्षकै क्रममा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यू संग लामो छलफल भयो। केही दिन भित्र सकारात्मक परिणाम दिन्छु भन्ने आश्वासन बोकेर आएको छु। आश्वासन पुरा होस्। सडकको निर्माणका लागि सडकमै संघर्ष गर्नुपर्ने स्थिति नहोस्।”