आर्थिक

वाईडबडी/वालुवाटार जग्गा/४० अर्बको एनसेल कर छलीमा छानबिन हुनुपर्छः अध्यक्ष थापा

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणले आर्थिक रूपमा देशलाई ठूलो नोक्सान पु¥याएकाले संसद्ले छानबिन गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष थापाले देशमा ठूलाठूला भ्रष्टाचार काण्डलाई संसद्ले छानबिन गर्न सक्ने बताउँदै कार्यपालिका र न्यायपालिकाले न्याय दिन उदासिन भएको अवस्थामा अव संसदमाथि आशा र भरोसा गर्नुपर्नेमा जोड दिए ।

उक्त प्रकरण ठूलो भ्रष्टाचारको काण्ड भएको बताउँदै उनले उक्त काण्डमा रु ४० अर्बको कर छली भएकाले त्यसको निराकरण गर्न सके देशमा लागेका भ्रष्टाचारका सबै धमिरा अन्त्य हुने विश्वास व्यक्त गरे । राज्य व्यवस्था, संरचना र संयन्त्रमा क्रमशः धमिरा लाग्दै गएको बताउँदै उनले ती भ्रष्टाचार काण्डको विषयमा सशक्त रूपमा सदनमा उठाउने, सङ्घर्ष र आन्दोलनको रुपमा समेत लैजाने बताए ।

ठूला प्रशासक, ठूला व्यापारी र प्रमुख राजनीतिक दलको संरक्षणमा भएको उक्त प्रकरणमा सर्वोच्च अदालत समेतले त्रुटिपूर्ण फैसला गरी न्याय मारेको उनले आरोप लगाए । दसैँपछि देशभर सङ्गठन सुदृढीकरणका साथै वाइडबडी, बालुवाटार जग्गा प्रकरणलगायत विषयमा भएका भ्रष्टाचार विरुद्ध सङ्घर्षका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।