आर्थिक

मुक्तिनाथ विकास बैंकद्वारा सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राइनास नगरपालिका – ५, पाउदीको ढिक, लमजुङ्गको सर्वोदय सेवाश्रमद्वारा सञ्चालन गरेको जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । उक्त सर्वोदय सेवाश्रमका जेष्ठ नागरिक आश्रममा १३ जनाजेष्ठ नागरिक रहेका छन् । सर्वोदय सेवाश्रमको वार्षिकोत्सवको अवसर पारेर बैंकले खाद्यान्नप्रदान गरेको हो । उक्तसहयोग खाद्यान्न मुक्तिनाथ विकास बैंकका डुम्रे शाखाका प्रमुख ईश्वर सापकोटाले सर्वोदय सेवाश्रममा हस्तान्तरण गरे ।
मुक्तिनाथविकास बैंक लि.ले देशैभरी रहेका१२० वटा शाखाबाट विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकस्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाकासाथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएम् बाट निःशुल्क रकमझिक्नमिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्रमुक्तिनाथविकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्मलागूहुने गरी रेमिट्यान्स केन्द्रित‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंककाप्रमुख सुचनाअधिकारी श्री तिलबहादुर गुरुङ्गले जानकारी दिए ।