राजनीति

नेता रावल कड्किएः यही संबिधान अनुसार मन्त्री हुने, पैसा खाने अनि संबिधान मान्दिन भन्ने?

काठमाण्डौ । नेकपाका नेता भीम रावलले आफैं संबधान बनाउने, त्यही संबिधान अनुसार भएको निर्बाचनमा अत्याधीक मतले विजय हुने, सरकारमा बस्ने काम गर्ने तर त्यहीँ संबिधानलाई नमान्ने भन्ने कुरा अनैतिक, गैरजिम्मेवार र विग्रहकारी कुरा भएकोले र यसलाई सबै नेपाली जनताले स्वीकार गर्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै संबिधान सभाले संबिधान पास गरेको दिनलाई कालो दिन भन्ने देशको मन्त्री हुने, पारिश्रमिक खानेलाई जनताले तिरस्कार गर्नुपर्ने तर्कलाई ट्वीटमा लाईक र कमेन्टको ओईरो लागेको छ । उनको ट्वीट उपप्रधानमन्त्री एवं स्वस्थ्यमन्त्री उपेन्द्र यादब, पुर्बप्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतप्रति लक्षीत छ । उपप्रधानमन्त्री यादब संबिधान दिवश छल्न अमेरिका जाँदैछन् भने डा भट्टराईले घुमाउरो पारामा संबिधानको बिरोध गरेका छन् ।

उनले भनेका छन्,  ‘देशको संविधान अनुसार मन्त्री हुने, सांसद हुने, पारिश्रमिक खाने त्यही संविधान मान्दिन भन्ने, अँझ जनताबाट निर्वाचित संविधानसभाले अत्यधिक मतद्वारा संविधान पारित गरेको दिनलाई ‘कालो दिन’ भन्ने जस्तो अनैतिक, गैर जिम्मेवार, विग्रहकारी कुरा सर्वत्र अस्वीकार गरिनुपर्छ ।’