आर्थिक

डोल्मा इम्प्याक्ट फण्डको पाँचौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपालमा लगानीको पाँच वर्ष पूरा गरेको उपलक्ष्यमा डोल्मा ग्रुपले एक कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा डोल्मा कन्सलटीङ्ग तथा डि.एफ.आइ.डि. द्घारा समर्थित डोल्मा हिमालयन इनर्जीको पनि शुरुवात भएको छ । पाँच वर्षको कार्यकाल पूरा गरेका डोल्मा इम्प्याक्ट फण्ड नेपालको एकमात्र अन्तर्राष्ट्रिय प्राइभेट इक्विटी फण्ड हो ।

डोल्मा इम्प्याक्ट फण्डले दुईवटा हाइड्रोपावर परियोजना,दुईवटा सोलरपावर परियोजना, तीनवटा टेक्ननोलोजी कम्पनी तथा दुईवटा स्वास्थसेवा संग सम्बन्धित कम्पनीमा लगानी गरेको छ, जसको फलस्वरुप पाँच हजार भन्दा बढी रोजगारी सिर्जना भएको छ ।

डोल्मा इम्प्याक्ट फण्ड, प्रोफेसर टिम गोचरद्घारा स्थापित डोल्मा ग्रुपको एक शाखाको रुपमा रहेको छ। डोल्मा इम्प्याक्ट फण्डले नेपालमा इम्प्याक्ट लगानी तथा प्राइभेट इक्विटी मार्केटको अगुवाइ गरेको छ र नेपालमा आर्थिकवृद्घि, उत्पादकत्व तथा रोजगारी सिर्जनामाएफ.डि.आइ.को गहकिलो असर रहेको प्रो.गोचरले बताए ।

डोल्मा इम्प्याक्ट फण्डले नेपालमा अन्तर्राष्ट्रिय प्राइभेट इक्विटी लगानीको विश्वसनीय ट्रयाक रेकर्ड प्रदान गरेको छ, जसका आधारमा भविष्यमा नेपाललाई चाहिनेएफ.डि.आइ.को लागि पनि प्रोत्साहन हुने उनको भनाई छ । नेपालमा सफल रुपमा एफ.डि.आइ.भित्र्याउनलाई डोल्मा ग्रुपले हासिल गरेको विशेषज्ञताको पूरकका रुपमा डोल्मा कन्सलटीङ्गको शुरुवात भएको हो ।

डोल्मा कन्सलटीङ्गको प्रमुखकारुपमा म्यानेजिङ्ग डाइरेक्टर जोसेफ सिल्भान्स छन् जोस्टयाण्डडर् चार्टडर् बैंकका भूतपूर्व सि.इ.ओ. पनि रहेका थिए । उनका अनुसार नेपालको निजी क्षेत्रको स्तर सुधारिएको र हाल बैंक, कर्पोरेट सेक्टर तथा इन्फास्ट्रक्चरका परियोजनामा अन्तर्राष्ट्रिय पुँजीको माग रहेको छ ।

डोल्मा कन्सलटीङ्गले यस्ता अन्तर्राष्ट्रिय पुँजीको खोजी तथा परिचालनका लागि विभिन्न सेवाहरु प्रदान गर्दछ । नेपालका कम्पनीहरुलाई अन्तर्राष्ट्रिय इक्विटी, ऋण तथा मिस्रित वित्तखोजि गर्ने सेवाहरु डोल्मा कन्सलटीङ्गले प्रदान गर्दछ । डोल्मा ग्रुप अन्तर्गत डोल्मा इम्प्याक्ट फण्ड, डोल्मा हिमालयन इनर्र्जी, डोल्मा कन्सलटीङ्ग तथा डोल्मा फाउण्डेशन रहेका छन् ।