समाचार

बिरामी बोकेको जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता

विराटनगर । सोमबारदेखीको लगाताको वर्षाका कारण मुलुकका विभिन्न सडक हिलाम्य हुँदा र्दुघटना घट्न थालेका छन् । साथै विभिन्न नदि नालामा पानीको वहाव वढ्न थालेपछि यात्रा गर्नै कठिन भएको छ । संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको एउटा जीप गएराति अक्करको भीरबाट अरुण नदीमा खसेको छ ।

उक्त जिप नदिमा खस्दा जिपमा सवार एकै परिवारका तीन जनासहित ६ जना बेपत्ता भएका छन् । संखुवासभा नगरपालिका ९ का संगम श्रेष्ठको ३ बर्षिय छोरा बिरामी भएर उपचारका लागि धरान ल्याउने क्रममा जिल्लाको धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट चिप अरुण नदीमा खसी वेपता भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ट्राफिक प्रहरी निरिक्षक राजेश राईका अनुसार को १ ज ३७४९ नम्बरको बोलेर जीप सीधै अरुण नदीमा खसेर बेपत्ता भएको हो । बेपता हुनेमा जिपमा सवार एकै परिवारका संगम राई उनकी श्रीमती र ३ बर्षिय छोरा रहेको ट्राफिक प्रहरी निरिक्षक राई बताए ।

त्यसैगरी चालक सन्तोष विक बेपता भएका छन अन्य बाँकी दुई जनाको परिचय खुल्न नसकेको ट्राफिक प्रहरी निरिक्षक राईले बताए । जीप अरुणमा खसेपछि खाँदबारीबाट तत्कालै प्रहरीको टोली परिचालित भएको थियो । तर केही दिनदेखिको वर्षाले उर्लिएको अरुणमा जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको बताइएको छ । बेपता हुनेहरुको खोजी कार्यमा बिहानैबाट प्रहरी जुटेको बताइएको छ ।