अन्तर्राष्ट्रिय

दुई छुट्टाछुट्टै स्थानमा भएका तालिवान आक्रमणमा ४६ को मृत्यु

एजेन्सी । मङ्गलबार अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै वम आक्रमणमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दुवै आक्रमणको जिम्मेवारी तालिवान समूहले लिएको छ ।

देशको उत्तरी क्षेत्र पर्वानमा स्थानीय समय अनुसार विहान ११ बजेर ४० मिनेटमा गराइएको विस्फोटमा २४ जनाको मृत्यु भएको थियो भने र यसको केहीबेर ९करिब एक घण्टा०पछि अफगानी राजधानी काबुलमा गराइएको आक्रमणमा २२ जनाको मृत्यु भएको थियो । घटनाको अफगानी गृहमन्त्रालयले पुष्टि गरेको छ ।

पर्वानमा भएको आक्रमणमा २४ जनाको मृत्यु भएको र ३२ जना घाइते भएको साथैे काबुल भएको आक्रमणमा २२ जनाको मृत्यु भएको र ३८ घाइते भएको गृहमन्त्रालयले जनाएको छ । पहिलो आक्रमण राष्ट्रपति असरफ घानीको निर्वाचन अभियानलाई लक्षित गरी भएको र काबुलमा रक्षा मन्त्रालयलाई लक्षित गरी आक्रमण भएको बताइएको छ ।

मारिनेमा छ सुरक्षाकर्मी र महिला तथा बालबालिकासमेत रहेको जनाइएको छ । यही सेप्टेम्बर २८ मा हुन लागेको निर्वाचनलाई विथोल्न तालिवान समूहले आक्रमण गरेको सरकारको दावी रहेको छ । दुबै घटनामा उक्त समूहले आफ्ना लडाकूको सम्लग्नता रहेको दावी गरिसकेको छ ।

यसैबीच आक्रमणपछि राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी दुबै आक्रमणलाई तुच्छ आतङ्कवादी आक्रमणको संज्ञा दिएको छ । तालिवान समूहले निर्दोष जनताको हत्या गरेर निर्वाचन नरोकिने र तोकिएको समयमा सम्पन्न गरिने विज्ञप्तिमा उल्लेख छ ।