राजनीति

गणतन्त्र/संघीयताका राजा/रानीलाई पाल्न नसकेको जनताले महशुस गर्न थालेः नेता डा. भण्डारी

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले ७५३ स्थानीय तह, प्रदेश र केन्द्रमा राज गरिरहेका राजकुमार र राजकुमारीलाई पाल्न जनतालाई गाह्रो हुन थालेको विचार व्यक्त गरेका छन् । नेता भण्डारीले सामाजिक सञ्जालमा ट्वीट गर्दै विगतमा संघीयता र गणतन्त्र ल्याउदा छलफल नभएका कारण महङ्गि र करको दोहोरो मार परेको बिषयमा गम्भीर छलफल गर्नुपर्ने बेला आएको तर्क गरेका छन् । उनले ऋण खोजेर संघीयता पाल्नेमात्र हो र ? भन्दै यस बिषयमा छलफल गर्नुपर्ने समय आएको जिकिर गरेका छन् । उनले अहिले नै गणतन्त्र र संघीयतामा संकट नआएपनि समयमै नसोचे संकट आउन सक्ने संकेत समेत गरेका छन् ।

उनी भन्छन्, ‘गणतन्त्र र संघियतामा संकट आएको छैन तर, विगतमा राम्रो छलफल भएन कि ? जनतालाई महङ्गि र करको भार बोकाएर गणतन्त्रका राजा/रानी, राजकुमार/राजकुमारीलाई पाल्न गाह्रो भयो भन्ने जनताले महसुस गर्न थालेका छन् र यस विषयमा गम्भीर छलफल गर्नु पर्दछ, ऋण खोजेर कसरी संघियता पाल्ने भन्ने मात्र हो’