पु.समाचार

अरबौं भ्रष्टाचार, अन्याय अत्याचारबढेको भन्दै वडाध्यक्षसहित नेकपाका ६०० जना काँग्रेसमा

अर्घाखाँची । नेपाली काँग्रेसको जनजागरण अभियानअन्तर्गत झण्डै ६ सय जना नेकपाका अधयक्षसहितका नेता कार्यकर्तँ नेपाली काँग्रेस प्रवेश गरेका छन् । अर्घाखाँचीको पाणीनी गाउँपालीका का वडाध्यक्षका उमेर्द्वार नुर मोहम्मद अलि र सदस्यका उमेर्द्वार मधु पन्तसहित सयौंको संखयामा नेकपाका नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका थिए ।

कांग्रेसका नेता चन्द्रबहादुर केसी, पूर्वमन्त्री रेवतिप्रसाद भुसाल, पार्टी सभापति विष्णु मुस्कान, पूर्व सभापती कमलप्रसाद भुसाल, क्षेत्रीय सभापति अच्युत गौतम लगायतका नेताहरुले नेकपाले देश र जनताका लागि केही गर्न नसक्ने ठहर गर्दै काँग्रेसलेमात्र देशको काँचुली फेर्न सक्ने विश्वाससहित काँग्रेस प्रबेश गर्न आएका उनीहरुलाई काँग्रेस प्रवेश गराएका थिए ।

नवप्रवेशीहरुले नेकपाको सरकारलाई आफूहरुले सघाएर गमभीर गल्ती गरेको महशुस गरेको बताउँदै बर्तमान सरकारमा घुषखोरी, वाईडबडी, एनसेल, फोरजी लगायतमा अरबौं भ्रष्टाचार भएको आफूहरुलाई सह्य नभएके बताएका थिए । उनीहरुले कञ्चनपुरकी चेली निर्मला पनतको बलात्कारी र हत्यारा पत्ता लगाई कारबाही गर्नुको सट्टा अपराध र गुणगर्दी दिनदिनै मौलाईरहदापनि सरकार चुपलागेर बसेकोमा चिन्ता लागेको बताएका थिए । उनीहरुले कर बढाएर। जनताको ढाड सेक्दा समेत अझै सरकारले ठूला कुरा गर्न नछाडेकोमा असनतुष्टी पोखेका थिए ।