मनोरञ्जन

भण्डारीको शब्द तथा संगीतमा ‘म त जलेर मर्ने मान्छे’ (भिडियो)

काठमाण्डौ । गीतकार तथा संगीतकार उत्तम भण्डारीको शब्द तथा संगीतमा रहेको नयाँ गीत ‘म त जलेर मर्ने मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पूर्ण राईको स्वर सुन्न सकिन्छ भने सन्तोष प्रगाढको एरेन्ज रहेको छ ।

स्याड भर्सनको उक्त गीतको म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् । भिडियोमा अभिनय भने ऋचा थापा, अर्मान खान, भुपाल केसी अनि मनोज ओलीको अभिनय संगै बुद्ध थापाको छायाँकन र बिकास दाहालको सम्पादन समाबेस रहेको छ ।