कर्णाली प्रदेश

काङ्ग्रेसद्वारा बाढीपिडितलाई राहत बितरण

रुकुम पश्चिम । नेपाली काङ्ग्रेसको दास्रो जनजागरण अभियान अन्तर गत नेपाली काङ्ग्रस रुकुम पश्चिमले आठविसकोट नगरपालिका ६ मन्काबगरका बाढीपीडितलाई राहत वितरण गरेको छ ।

जागरण अभियानको क्रममा रहेको नेपाली काङ्ग्रेसको टोली भेरीनदिले घरबार कटान गरेको पिडितलाई नगत राहत बितरण गरेको छ । नेपाली काङ्ग्रेस रुकुम पश्चिमले संकलन गरेको १ लाख १८ हजार रकम सहयोग गरेको हो । उक्त रकम १२ घर परिवारलाई राहत बितरण गरिएको नेपाली काङ्ग्रेस रुकुमले जानकारी दिएको छ ।

केन्द्रिय प्रतिनिधि एकराज डागी, पार्टीका जिल्ला सभापति प्रेम प्रकाश ओलि, नेविसंघ केन्द्रिय सदस्य तारक केसी लगायतले बाढीपिडितलाई संकलित राहत बितरण गर्नुभएको हो । राहत बितरण पछि बाढीपिडितले काङग्रेसले गरेको काम प्रति खुसि हुदै काङ्ग्रेसलाई धन्यबाद दिएका छन् ।