आर्थिक

सानिमा बैंकद्वारा कालीका विद्यालयलाई छ लाख

काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै सानिमा बैंक अमरसिंह, पोखरा शाखाले कालिका माध्यमिक विद्यालयद्वारा संचालित ूविद्यालय खाजा अभियानू लाई रु. ६ लाख रुपैया आर्थिक सहयोग गरेको छ । उक्त खाजा अभियान अन्तर्गत विद्यालयले दैनिक १२५ भन्दा बढी बालबालिकहरुलाई खाजा खुवाउदै आइरहेको छ ।

बाल दिवसको अवसरमा विद्यालयद्वारा आयोजित एक कार्यक्रममा यस बैंकका गण्डकी प्रदेश प्रमुख भावुक तण्डुकारले कालिका विद्यालयको प्रधानाध्यापक बलराम गिरीलाई सो रकमहस्तान्तर गरे ।

सोही कार्यक्रममा विद्यालय खाजा अभियानका अध्यक्ष बासुदेव अधिकारीले खाजा अभियानको प्रभावले त्यस विद्यालमा उल्लेखनिय विद्यार्थी भर्ना भएको र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको बताए । बैंकका शाखा प्रबन्धक बिरेन्द्र लाल श्रेष्ठले भविष्यका कर्णधारहरु शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित नहुन भनि विद्यालयको यस्तो महान सामाजिक कार्यलाई आर्थिक सहयोग गर्ने अवसर दिएकोमा खुशी व्यक्त गरे ।