समाचार

ब्रेकिङ न्यूजः लुक्ला हुंदै काठ्माण्डौ आउँदै गरेका सात हेलिकप्टेर खेतमा अवतरण (अपडेट)

काठमाण्डौ । सातवटा पर्यटक बोकेका हेलिकप्टेर आपतकालीनज अवतरण गरिएको छ । काभ्रे प्रहरीका अनुसार मनाङ, सिम्रिक र कैलास एयरका हेलिकप्टेरबाट पर्यटक बोकेर गईरहेका हेलिकप्टेरहरु पाँचखाल–२ जोरबाटी र हर्से अनि सिंधुलीको नेपालथोकका खेतमा अवतरण गरिएका हुन् ।

दुईवटा मनाङ एयरमा ५/५ जना, स्रिम्रिकमा ५ जना र कैलास एयरमा २ जना विदेशी पर्यटक, चार जना चालक दलका सदस्य सवार थिए । तीनवटा हेलिकप्टेर भने नेपालथोक, सिँधुलीमा अवतरण गरिएको समाचार छ । लुक्लाबाट काठमाण्डौ आईरहेका हेलिकप्टेर कुन कारणले अवतरण गरिएको भन्ने स्पष्ट जानकारी आएको छैन ।