राजनीति

संबिधान दिवश छल्न अमेरिका निस्कन लागेका उपेन्द्र यादवको सामाजिक सञ्जालमा तीब्र आलोचना

काठमाण्डौ । उपप्रधान तथा स्थास्थ्य मन्त्री उपेन्द्र यादब अमेरिका जान लागेको समाचार आएको छ । असो ३ गते संबिधान दिवश मनाउन सरकारले भब्य तयारी गरिरहेका बेला संघीय समाजबादी फोरमका अध्यक्ष समेत रहेका उनी संबिधान दिवश छल्न नेपाल छाड्न लागेको भन्दै सामाजिक संजाल फेसबुक, ट्वीटर लगायतमा उनको बिरोध भईरहेको छ ।

जलबायु परिवर्तनलाई मुख्यमुद्धा बनाउदै आजदेखी संयुक्त राष्ट्रसंघको महासभा शुरु भएको छ भने नेपालबाट असोज ४ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा महासभामा भाग लिन १२ सदस्यीय टोली न्यूयोर्क प्रश्थान गर्ने कार्यक्रम छ । नेपाली टोली संबिधान दिवश मनाएर त्यतातिर जाने भएपनि उपप्रधानमन्त्री यादब अगाडी नै असोज ३ गतेको संबिधान दिवश छल्न त्यतातिर हानिन लागेका छन् ।

एकातिर मुलुक डेंगु रोगका कारण शिथिल छ भने संबिधान दिवश जस्तो महत्वपूर्ण अवशर छ यसबेला उपेन्द्र यादवले नेपालमा नै रहनुपर्ने तर्क बलियो बन्दै गएको छ । यादबले मधेश आन्दोलनपछि बनेको संबिधानलाई आत्मादेखी नै नस्वीकारेको अनुमान नेपाली जनताले लगाउने गरेको छन् । नेकपा दुईतिहाई सरकारका महत्वपूर्ण मन्त्रालय सम्हालेका यादवले खुल्ला रुपमा संबिधानको समर्थन गरेका पनि छैनन् ।

ट्वीटरमा सुभास घिमिरे लेख्छन्ः
देश डेंगीले थला परेको छ, उता स्वास्थ्यमन्त्री विदेश घुमेको घुमै! अब फेरि दुई हप्तालाई अमेरिका जाने रे, संविधान दिवसमा कार्यक्रम छल्न ! हैट, यही संविधानबाट मन्त्री खाने अनि मनाउने बेलामा भाग्ने ? राजिनामा दिन वा निकाल्न नसक्ने किन ?