सामाजिक सञ्जाल

ज्ञानेन्द्र शाही त के, राजा ज्ञानेन्द्र पनि स्वतन्त्रपूर्व हिँड्न पाउँछन्–गगन थापा

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले गणतन्त्र नेपालमा पूर्व राजा ज्ञानेन्द्र शाह पनि स्वतन्त्र रुपमा हिँड्नडुल्न पाउछन् भनेका छन् । आज नेकपा भातृसंस्था युवा संघ कास्कीले भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीलाई पोखरा निशेष गरेको विज्ञप्ती प्रकाशित भएपछि प्रतिकृया दिँदै पुर्वमन्त्री समेत रहेका नेता थापाले उक्त प्रतिकृया दिएका हुन् ।

नेता थापाले गल्ति गर्नेलाई विधिले बांध्ने हो निषेध गर्ने होइन। सरकारको गति र मति ठिक पार्नुहोस् आफ्नो ‘अरिङगाल प्रवृत्ति’ छोड्नुहोस् परिवर्तन विरोधी तत्व आफैं परास्त हुन्छन् भन्दै सुझाव दिएका छन् । दोस्रो जनआन्दोलन अगाडी नै गणतन्त्रको नारा नारायणहिटी अगाडीबाट सकृय राजतन्त्रको समयमा लगाएका गगन थापाले राजाको नाम लिनुलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ । 

उनी नेकपालाई भन्छन्, “कमरेड! यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो। ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिंड्न पाउँछन् । आफ्नो विचार राख्न पाउँछन। गल्ति गर्नेलाई विधिले बांध्ने हो निषेध गर्ने होइन। सरकारको गति र मति ठिक पार्नुहोस् आफ्नो ‘अरिङगाल प्रवृत्ति’ छोड्नुहोस् परिवर्तन विरोधी तत्व आफैं परास्त हुन्छन्।”