राजनीति

नेता गुरुङ आक्रमकः शाहीलाई आवतजावत रोक्ने युवासंघ संबिधान भन्दा माथी हो र ?

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले ज्ञानेन्द्र शाहीलाई युवासंघले पोखरा निशेष गरेकोमा आपत्ती जनाएका छन् । नेता गुरुङले संत्रिका प्रदत्त अधिकारलाई कुल्चदै कसैलाई बोल्न, लेख्न लगायतका संबिधान प्रदत्त अधिकारलाई रोकेर युवासंघ संबिधानभन्दा माथी हो र ? भन्ने प्रश्न गरेका छन् ।

नेता गुरुङले संबिधानको धारा १७ को उपधारा २ (ङ) मा उक्त अधिकार भएको खुलाउदै ज्ञानेन्द्र शाहीले गल्ती गरे भने नियम कानूनले बाँध्न सल्लाह समेत दिएका छन् । नेकपा भातृसंस्था युवासंघका डिल्लीराम सुबेदी र भोजराज पौडेलले भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीलाई पोखरा निशेध गरेको विज्ञप्ती निकालेपछि नेता गुरुङको उक्त प्रतिकृया आएको हो । 

उनले भनेका छन्, ‘सत्तारुढ दल नेकपाको भातृ संगठन युवा संघ संबिधान भन्दा माथी हो? संबिधानको धारा १७ को उपधारा २ (ङ) बमोजिम कुनै पनि नागरिकलाई संबिधानले प्रदत्त गरेको स्वतन्त्रताको हक खोस्ने अधिकार कस्ले दियो कमरेड? ज्ञानेन्द्र शाहीले गल्ती गरेको भए कानुनले बाँधे हुन्छ तर आफैले सबिधान कुल्चन पाइँदैन।’