समाचार

एक हजार घुषमा अख्तियारले गर्यो पोखरेलविरुद्ध मुद्धा दर्ता

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापढी व्यवसायीमार्फत सेवाग्राहीबाट घुस लिएको आरोपमा कलङ्की मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा ईश्वरीप्रसाद पोखरेलविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

निजले लेखापढी व्यवसाय गर्ने तुलसीप्रसाद नेपालमार्फत काममा ढिलासुस्ती गरी सेवाग्राहीसँग रु एक हजार घुस लिएको आयोगले जनाएको छ ।