समाचार

तीन पत्रकारलाई पुनबहालि गर्न माग गर्दै पक्राउ परेकालाई तत्काल रिहाइ गर्न माग

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले रेडियो नेपाल डोटीमा कार्यरत् तीन पत्रकारलाई पदमुक्त गरिएको घटनाका विरुद्ध आवाज उठाइरहेका नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस युनियनका पत्रकारलाई गरिएको गिरफ्तारीप्रति भत्र्सना गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत पक्राउ परेका पत्रकार रामप्रसाद दाहाल, अजयबाबु शिवाकोटी, जन्मदेव जैसी, यम विरही, दिलीप पौडेल, मीन बम, चक्र कुँवर, प्रकाश बम र योगेन्द्र बलायरलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । साथै काङ्ग्रेसले रेडियो नेपाल डोटीमा पदमुक्त गरिएका पत्रकार प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई यथाशीघ्र काममा बहाली गर्नसमेत सरकारसँग माग गरेको छ ।

प्रवक्ता शर्माले डोटीमा पत्रकारलाई कामबाट निष्कासन गरिएको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको जनाउँदै यसबारे यथाशीघ्र निर्णयमा पुग्न सरकारलाई आग्रह गरेका छन्।