आर्थिक

चेम्बर र नेपालकालागि रसियाली राजदुतबिच भेट

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालकालागि रसियाका राजदुत एलेक्सी ए. नोभिकोभसँग भेट गरेका छन् । भेटका अवसरमा दुई पक्षिय व्यापारिक, आर्थिक सम्बन्ध विस्तारका बारेमा छलफल चेम्बर अफ कर्मर्स सचिवालयले जनाएको छ ।

सो अवसरमा दुबै मुलुकले एक आपसमा व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदान, व्यापार मेला तथा प्रदर्शनिमा सहभागिताका साथै चेम्बर एक्स्पो २०२० बारे समेत छलफल भएको छ ।