आर्थिक

लक्ष्मी बैंक र लक्ष्मी केयर्सद्वारा कार्यक्रम आयोजना

काठमाण्डौ । लक्ष्मी बैंक र लक्ष्मी केयर्सले संयुक्त रुपमा नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगितीक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगितीक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा नेपाली गीत, संगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवं संगीतकारहरुको उपस्थिति रहेको थियो । कोष स्थापनाको लागि आयोजना गरिएको यस कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुईवटा स्थानहरुलागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने छ ।

विद्युतीय गाडीको प्रयोग बृद्ध एवं शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि निःशुल्क रुपमा प्रयोग गरिने बताईएको छ । कार्यक्रम सोल्टी क्राउनप्लाजामा आयोजना गरिएको थियो । यस कार्यक्रमसँगै लक्ष्मी केयर्सले वार्षिक शृंखलाको रुपमा यस्तो कार्यक्रम संचाला गर्नेछ ।