आर्थिक

जनधनको ११ औं साधारण सभा, खेलाडी मानन्धर ३० हजारसहित सम्मानीत

काठमाण्डौ । जनधन बचत तथा ऋण सहकारी संस्थाले आज ११ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिबेदन पास गर्दै आज साधारण सम्पन्न गरेको छ । कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलाई खादा र सम्मानपत्रले सम्मानपत्र दिइएको छ । राष्ट्रिय खेलाडी बैकुण्ठ मानन्धरलाई ३०, १११ रुपैसाँसहित सम्मान गरिएको छ ।

सहायक रथी चीनीया बहादुर बस्नेतलाई खादा र सममानपत्रले सम्मान गरेको छ। पुनम पाण्डेलाई उत्कृष्ट बचतकर्ताको रुपमा र उत्कृष्ट ऋणीमा राजकुमार  थिङलाई सम्मान गरेको छ। संस्थाले उत्कृष्ट कर्मचारीमा परिवर्तन कार्कीलाई सम्मान गरेको छ।

प्रमुख अतिथी के.वी. उप्रेतीको सहभागीतामा सम्पन्न कार्यक्रममा अतिथीहरुमा समुन्नत नेपाल पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक बाबुराम आचार्य, जिल्ला बहुउद्येशीय सहकारी संघ काठमाण्डौका अध्यक्ष मनोज थापा, कास्कुनका उपाध्यक्ष नवराज अर्याल, नारी अधिकारकर्मी माला प्रधान, कृण चन्द्र उप्रेती, सुनसरी प्रकासपुर समाजका अध्यक्ष खड्ग राउत्, रेडियो नेशनका प्रबन्ध निर्देशक पुरुसोत्तम बस्नेत, मुक्तीनाथ बिकास बैंकका कालीमाटी साखाका साखा प्रबन्धक कृष्ण घिमिरे, ओम बिकास बैंकका कलंकी साखा प्रमुख अनुपराज भण्डारी, रासबैंक कलंकी साखा प्रमुख सविना बस्नेत, नेफ्सकूनका लेखा सुपरिवेक्षण समितिका सदस्य विपिन शर्मा लगायतको उपस्थिति थियो । कार्यक्रम संचालन सचिव कृष्णचन्द्र बस्नेतले गरेका थिए ।