आर्थिक

मुक्तिनाथ विकास बैंकद्धारा अटीजम केयरलाई एक लाख सहयोग

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्वकार्यक्रम अन्तर्गतअटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिमभवन निमार्णकालागि रु अक्षेरुपी एक लाखमात्र वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको छ ।

यस अटीजम केयर नेपाल सोसाइटी, कास्कीले जिल्ला भरी रहेका अटीजम बालबालिकाहरुको क्षेत्रमा विभिन्न तालिम तथा क्रियाकलापहरुगर्दै आइरहेको छ । उक्त चेक मुक्तिनाथविकास बैंकका नायवप्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले अटीजम केयर नेपाल सोसाइटीका कोषाध्यक्ष सरु अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

हालै मात्रमुक्तिनाथविकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्मलागूहुने गरी रेमिट्यान्स केन्द्रित‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेकोे बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।