विचार/ब्लग

काण्डै–काण्डको सरकारः ओली सरकार

शोभा रावत । मुलुकमा यतिबेला नेकपाका अध्यक्ष केपि शर्मा ओली नेतृत्वको दुई तिहाई मतको सरकार छ । सरकार गठन भएको एक वर्ष बितेपनि सकेको अवस्था छ तर उपलब्धी भने शुन्य । सरकार अझै पनि भन्छ प्रारम्भिक चरणमै छौं । विकासका कामले विस्तारै गति लिँदैछ ।

नेतृ कोईराला स्थानीय स्थानमै पार्टिले गरेको कार्यक्रममा सरकार घटक कार्यकर्ताबाट कुटिएकि थिईन् । यतिमात्रै नभएर एउटा समाचार लेखेकै भरमा पत्रकारलाई पक्रनु यातना दिनु के दुई तिहाईको कम्युनिष्ट सरकारले जननागरिकलाई दिने सुरक्षा यहि हो त ? । सर्वसाधारण नागरिक, विद्यार्थि, शिक्षक, डाक्टर, लगायतकाले आफ्नो हक अधिकार माग्दै सरकारका बिरोध गर्दा पनि गृह प्रशासनले गोली नै चलाएका धेरै उदाहरण छन् ।

सरकारले जनताका लागि काम गर्नु त परै जाओस मुलुकमा भ्रष्टचार, बेथिति, हत्या, बलात्कारका घटना बढ्दै गएको देखीएको छ । आफ्नै लापरबाहि भनौं या कमजोरीका कारण वर्तमान सरकार जनताका नजरमा आलोचित बन्दै गएको देखियो । मुलकमा शक्तिसालि कम्युनिष्ट सरकार बनेपछि आशा बोकेका जनता विकासका काममो शुन्य प्रगती भएपछि बहुसङख्यक नेपाली जनता यतिबेला निरास छन् ।

निर्वाचनका वेला जनतामाझ ठुला–ठुला सपना बाँडेको ओली सरकारले आज त्यहि जनतालाई गरिब बनाउन उद्यत् भएपछि जनतामा नैरास्यता छाएको हो । एकातिर हरेक कुरामा भ्रष्टचार गर्दै जनतालाई करको भार थोपारेर जनताको ढाड भाँच्नतिर सरकार लम्किरहेको छ भने अर्काे तिर देश र जनताको समृद्धि भन्दा व्यत्ति गत र समुहगत फाईदाका लागि सरकारका जिम्मेवार व्यत्तिहरु लगेका छन् ।

खुलेरै भन्नुपर्दा अहिलेको सरकार इतिहासकै निकम्मा देखिएको छ । ओली सरकार नभई काण्डै काण्डको सरकारको नामले पनि परिचित भएको छ । रविलामिछाने लाई समाउने त कहिले ज्ञानेन्द्र शाहिलाई समाउने काम गर्नभन्दा सरकारले देशका लागि दीर्घकालिन फाईदा हुने भन्दा हरेक क्षेत्रमा काण्डै–काण्डले भरिएको सरकार काण्डको सरकार भन्दा पनि केहि फरक नर्पला ।

मुलुकमा विभिन्न काण्ड जस्तैः सुनकाण्ड, वाईडवडी काण्ड, ललिता निवास जग्गाकाण्ड, निर्मला बलात्कार र प्रकरण एनसेल कर विवाद जस्ता काण्डै काण्डले जनताले सरकारबाट र न्यायालयबाट आशा गर्नुपर्ने बाटो नै हराएको देखिन्छ ।अरबौंको कर छली गर्ने एनसेललाई कर तिराउनु पर्नेमा उल्टै कर तिर्नै नपर्नेगरि फैसला गर्नुले माथिको भनाईलाई पुष्टि गरेको छ कि न्यायालय भनेको पैसावालाका लागि मात्रै हो ।

एनसेललाई करोडौंको करमा छुट दिने सरकारले आफ्नै मुलुकका गरिब जनतालाई वास्ता गरेको देखिदैन । आफ्ना सत्तामा रहेका हरेक मन्त्रीलाई पाल्नका लागि सरकारले गाउँ देखी सहर सम्मका हरेक चिज–वस्तुमा चर्काे कर असुलेर जनतालाई मारमा पारेको छ ।  यतिमात्र होईन वर्तमान सरकारले हरेक विधेयक त्रुटिपुर्ण र आँफुखुशी ल्याउँदा प्रत्येक दिन नागरिक सरकारका बिरुद्धमा सडकमा उत्रन वाध्य छन् ।

अख्तियारले ठुला भ्रष्टचारीतिर आँखा नपुगेका हो या देख्न नचाहेको । दैनिक भ्रष्टाचारी गिरफतार गरे अख्तियारले भनेको सुनिएको छैन । यस्तै बालिका निर्मला पन्त हत्या प्रकरणले २ वर्ष पुग्दापनि छोरीका लागि न्यायको आशा राखेका ति आाम बाबुको आशा– आशामै बितेको छ । सरकारको त्यो प्रहरी प्रशासन अनुसन्धानमै सिमित देखिएको छ ।

सरकार हरेक क्षेत्रमा नागरिकलाई बन्देज लगाउनमा कत्तिपनि पछि परेको छैन । मिडिया काउन्शील विधेयक ल्याएर मिडिया लगायत पत्रकारलाई स्वतन्त्र भएर आफ्नो बिचार अभिव्यक्ती गर्नमा बन्देज लगाएको छ । मिडिया लगायत सबै क्षेत्रलाई त्रासका बाँच्नुपर्ने परिस्थितीको सिर्जना गरिदिएको छ ।

पछिल्लो समय साथै आफ्नो सरकारका बिरुद्ध वा आफ्नो विरुद्धमा बोल्ने जो कोहिलाई पनि छोडेको छैन । केहि समय यस्तै एउटा घटना घटेको थियो राजधानिमै सत्तापक्षकै विद्यार्थिका केहि नेता हिरासतमा रहेको आफ्ना साथि भेट्न जाँदा प्रहरीबाट कुटिएका थिए । यस्तै भर्खरै मात्रैको अर्काे घटना कांग्रेस नेपालगञ्ज पार्टी सभापति जो प्रधानमन्त्री ओली समान उमेरकि किरण कोईरालामाथि सत्तापक्षकै केहि युवाहरुको हातबाट कुटिईनुले पनि वर्तमान सरकारको शासन कतातिर गैरहेको छ भन्ने पुष्टि हुन्छ ।

नेतृ कोईराला स्थानीय स्थानमै पार्टिले गरेको कार्यक्रममा सरकार घटक कार्यकर्ताबाट कुटिएकि थिईन् । यतिमात्रै नभएर एउटा समाचार लेखेकै भरमा पत्रकारलाई पक्रनु यातना दिनु के दुई तिहाईको कम्युनिष्ट सरकारले जननागरिकलाई दिने सुरक्षा यहि हो त ? । सर्वसाधारण नागरिक, विद्यार्थि, शिक्षक, डाक्टर, लगायतकाले आफ्नो हक अधिकार माग्दै सरकारका बिरोध गर्दा पनि गृह प्रशासनले गोली नै चलाएका धेरै उदाहरण छन् ।

कयौं सर्वसाधारण नागरिक त्यस्मा पनि बालकले सरकारका यस्ता हर्कतले ज्यानै गुमाउनु परेको छ । वर्तमान सरकार यस्ता अपराधि भ्रष्टचारी र तस्करीको संरकक्षक पनि बनेको देखिन्छ । भनौ भने दुई तिहाईको सरकार नै भ्रष्टचारमा यतिबेला लिप्त रहेको देख्न सकिन्छ । मुलुकमा दैनिक अरबौंको भ्रष्टाचार हुन्छ जसले गर्दा हुनेखाने मानिस अझै खरबपनि हुँदैजाने र गरिब निमुखा झनै कमजोर हुने प्रबृति मौलाएको छ ।

बिडम्बनाको कुरा निस्पक्ष छानबिनका लागि बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि साना भ्रष्टचारीलाई मात्र पक्रने गरेको आरोप लागिरहेको छ । अख्तियारले ठुला भ्रष्टचारीतिर आँखा नपुगेका हो या देख्न नचाहेको । दैनिक भ्रष्टाचारी गिरफतार गरे अख्तियारले भनेको सुनिएको छैन । यस्तै बालिका निर्मला पन्त हत्या प्रकरणले २ वर्ष पुग्दापनि छोरीका लागि न्यायको आशा राखेका ति आाम बाबुको आशा– आशामै बितेको छ । सरकारको त्यो प्रहरी प्रशासन अनुसन्धानमै सिमित देखिएको छ ।

यतिमात्रै होईन ३३ किलो सुन तस्करी प्रकरण पनि सेलाएरै गएको छ । त्यो काण्डमा संलग्न कति व्यक्ति पक्राउ परेपनि छुटिसकेका छन् तर वास्तिविकता भने बाहिर आउन सकेको छैन । भाषणमा ठुलो–ठुलो कुरा गर्ने ओली सरकारले ब्यबहारमा भने केहि पनि गरेको छैन भनेर ठोकुवा गर्न सकिन्छ । अपराधि जो कोहि भएपनि छोडिन्न भन्ने सरकार त्यहि अपराध ठाकछोप गर्नलाई मरिमेटी लागेको देख्न सकिन्छ ।

कयौं सर्वसाधारण नागरिक त्यस्मा पनि बालकले सरकारका यस्ता हर्कतले ज्यानै गुमाउनु परेको छ । वर्तमान सरकार यस्ता अपराधि भ्रष्टचारी र तस्करीको संरकक्षक पनि बनेको देखिन्छ । भनौ भने दुई तिहाईको सरकार नै भ्रष्टचारमा यतिबेला लिप्त रहेको देख्न सकिन्छ । मुलुकमा दैनिक अरबौंको भ्रष्टाचार हुन्छ जसले गर्दा हुनेखाने मानिस अझै खरबपनि हुँदैजाने र गरिब निमुखा झनै कमजोर हुने प्रबृति मौलाएको छ ।

मुलुकमा रेल र पानि जहाजको सपना देखाउने सरकारले मुलुकमा सयौं नागरिक, बेरोजगार बन्दा,खाडि राष्ट्रमा कामका लागि जाँदा, न्याय नपाउँदा, दैनिक भोक–भोकै मर्दा र घरबार बिहिन भैरहंदा मुकर्दशक बनेको छ । विकट जिल्लाहरुमा सडकको हालत त्यस्तै बेजोग छ जस्ले गर्दा वर्षनि सडक दुर्घटनामा पनि कयौंले ज्यान गुमाएका छन्् तर सरकार भने रेल र पानि जहाजको कुरागर्न छाडेको छैन ।

जनताले वर्षेनि वर्षापछि विभिन्न प्रकोपहरुको सामना गरिरहनु परेको छ ,यसैका कारण सायौंले ज्यान गुमाउने गर्दछन् तर त्यो समस्यालाई निर्मुलै गर्ने तिर नभई चिउरा र चाउचाउ, त्रिपालमै सरकार सिमीत हुन्छ ।  सरकारमा भएका विसिष्ठ व्यक्ति जो सामान्य ज्वरो आयो भने पनि सिंगापुर धाउँछन् तर विकट जिल्ला जुम्लाका नागरिक एउटा सिटामोल नपाएर छट्पटाई रहेको छन् ।

शिक्षा क्षेत्रमा त्यस्तै कठोर भएको सरकार अन्य क्षेत्रमा पनि लापरबाहिपन देखिन्छ । निःशल्क शिक्षाको कुरा गर्ने सरकारले विद्यार्थिबाट अरबौं रकम लुटिरहेको देखिन्छ । कुनै विकाश निर्माण गर्नुपर्याे भने तोकेको समयमा कुनैकाम सफल भएको देखिदैन काम सम्पन्न भइहालेपनि कमसल काम गरेर भ्रष्टचार भैरहेको हुन्छ

पछिल्लो समय मुलुकैभर भाईरल ज्वरो र डेंगुले सताईएका नागरिक जो औषधि उपचार नपाएर ज्यान गुमाईरहेका छन् । सरकारले सञ्चालन गरेको अस्पतालमा गयो भने रोगको उपचार पाउँदासम्म विरामीको मृत्यु भैसक्ने हो कि भन्ने डर, निजी अस्पतालमा गयो भने जनताले तिर्नै नसक्ने गरि मंहगो, जहाँ सबैले उपचार गर्न सक्दैनन् । सरकारले राम्रो संग डक्टर कर्मचारीको व्यबस्थापन नगर्दा बिरामिले सास्ति ब्यहार्नु परेको छ ।

यति मात्रै होईन ओली नेतृत्वको सरकार गठन भएदेखी मुलुकमा हरेक वस्तु महंगो भएको छ । शिक्षा क्षेत्रमा त्यस्तै कठोर भएको सरकार अन्य क्षेत्रमा पनि लापरबाहिपन देखिन्छ । निःशल्क शिक्षाको कुरा गर्ने सरकारले विद्यार्थिबाट अरबौं रकम लुटिरहेको देखिन्छ । कुनै विकाश निर्माण गर्नुपर्याे भने तोकेको समयमा कुनैकाम सफल भएको देखिदैन काम सम्पन्न भइहालेपनि कमसल काम गरेर भ्रष्टचार भैरहेको हुन्छ ।

मुलुकमा देश र जनताको हितमा काम गर्नेहो भने सरकारले जनतामा कठोर प्रणाली नभई ईमान्दार लोकप्रिय सरकार बन्ने साशन सञ्चालन गर्नुपर्दछ । कुनैपनि सरकार गतिला नहुनाले ०४६ सालपछि मुलुकमा प्रजातन्त्र आएपनि न देशले विकासको काममा गतिलिन सक्यो न जनताले नै आफ्नो समाज, रााजनीति, देश प्रति गर्व गरेर आनन्द लिन सके । वर्तमान सरकारले गम्भिर भएर सोचेमा उक्त अवसर अहिले पनि छ ।