खेलकुद

अफगानिस्तानलाई दोस्रो सफताः लगातार दोस्रो जित

एजेन्सी । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा अफगानिस्तानले बंगलादेशलाई पराजित गरेको छ । ढाकामा आइतबार भएको खेलमा अफगानिस्तानले जिम्बावेलाई २५ रनले हराएको हो ।

अफगानिस्तानले दिएको १६५ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभर ५ बलमा अलआउट हुँदै १३९ रनमा समेटियो । बंगलादेशका लागि ममुदुल्जिलाहले ४४ रन जोड्दा सब्बीर रहमानले २४ रन बनाए ।

अफगानिस्तानका मुजिब उर रहमानले ४ तथा फारेद अहमेद, गुल्बादिन नाइब र राशिद खानले २र२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । अफगानिस्तानका लागि मोहमद नाबीले अविजित रहदै ८४ रन जोडे । यस्तै अस्घर अफगानले ४० रन बनाए ।

बंगलादेशका मोहमद साइफुदीनले ४ विकेट लिए । शाकिब अल हसनले २ विकेट लिए । जितसँगै अफगानिस्तानले २ खेलबाट ४ अंक जोडेको छ । र, अफगानिस्तान शीर्ष स्थानमा छ । पहिलो खेलमा अफगानिस्तानले जिम्बावेलाई हराएको थियो । बंगलादेशको यो पहिलो हार हो । २ खेलबाट २ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । जिम्बावे अंक विहिन रहेको छ ।