समाचार

नेता बडुकी बहिनीको निधनमा सभापति देउवाद्वारा दुःख ब्यक्त

काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूकी कान्छी बहिनी एवं क्रियाशील सदस्य वर्ष ६२ की राधा भट्टको आज ललितपुरको लगनखेल स्थित हरिसिद्धी अस्पतालमा उपचारका क्रममा निधन भएकोमा काँग्रेसले दुःख ब्यक्त गरेको छ। क्यान्सरबाट पीडित राधा भट्टले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो बताउँदैउहाँको निधनबाट पार्टीले एक कुशल व्यक्तिलाई गुमाएको सभापति देउवालाई उदृत गर्दै सचिव कृष्णचन्द्र पौडेलले बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।’