समाचार

तीन करोड जनताको मन जित्न सफल रवि लामिछानेलाई जन्मदिनको शुभकामना !

काठमाण्डौ । तीन करोड नेपाली जनताको मन जित्न सफल टेलिभिजन प्रश्तोता रवि लामिछानेको आज  भाद्र २८ गते जन्मदिन परेको छ । यसभन्दा अगाडी गूगलले सेप्टेम्बर ५ मा अथवा ९ दिन अगाडी उनको जन्म बताएपनि वास्तिविक जन्मदिन आज रहेको पारिवारिक श्रोतले बताएको छ । आज रविले श्रीमती निकिता पौडेलसंग जन्न्मदिन मनाएको फोटो सार्बजनिक गरेका छन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।

भ्रष्टाचार, अनियमीतता, लुटतन्त्र र ठगि, समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई उजागर गर्दै नीडर रुपमा जनताका पक्षमा कार्यक्रम चलाउने लामिछानेलाई पत्रकार शालीकराम पुडाशैनी आत्माहत्या प्रकरणमा दुरुत्शाहन गरेको अभियोगमा प्रहरीले १० दिन हिराशतमा राखेर अनुसंधान गरेको थियो । जिल्ला अदालतले पाँच लाख धरौटी राखेर बाहिर निस्कन आदेश दिएर बाहिर निस्किएका लामिछानेले उच्च अदालत हेटौंडामा उक्त जिल्ला अदालत चितवनको निर्णय उलट्याउन माग गर्दै निबेदन दिएका छन् ।

पत्रकार लामिछानेको समर्थनमा विश्वभर बस्ने नोपलीहरु लागेपछि सरकार तथा उनलाई फसाउन षढ्यन्त्र गर्नेहरु नाङ्गिएको दाबी उनका समर्थकहरुले गरेका छन् । उनलाई जन्मदिनको शुभकामना दिनेहरुले फोसबुक, ट्वीटर लगायतबाट शुभकामना दिईरहेका छन् । पूर्व प्रधानन्यायाधीश शुसीला कार्का लगायतका नागरिक समाजका अगुवाहरुले रवि लामिछानेलाई टेलिभिजनमा कार्यक्रम गर्न लागेका ठाँउबाट पक्राउ गरेकोमा बिरोध गरेका थिए । अनुसंधानका लागि प्रहरीले जोकोहीलाई पनि पक्राउ गर्नसक्ने भएकाले उनलाई पक्राउ गरेपनि अदालतको सर्तसहितको आदेशले उनी छुटे । जनताको मन जित्न सफल टेलिभिजन प्रश्तोता लामिछानेलाई फसाउन अहिलेपनि विभिन्न षढ्यन्त्रहरु भईरहेका समाचार आईरहेका छन् । जनताको मन जित्न रवि थप सफल हुन्, जन्मदिनको शुभकामना !

झण्डै डेढ दशक अमेरिका बसेपनि पासपोर्ट त्यागेर केही बर्षदेखी नेपाल नै बस्दै आएका लामिछाने ह्याण्ड्सम र हक्की स्वभावका छन् ।

रबि लामिछानेको जन्मदिन आज, तपाईले पनि शुभकामना दिने कि !