राजनीति

उपनिर्बाचनमा अन्तरघात गर्नेलाई कारवाही हुन्छ, प्रष्ट हुनुस्ः सभापति देउवा

काठमाण्डौ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताएका छन्।

दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको आज शालीक अनावरण गर्दै उनले भने, “एकताबद्ध भएर लागेमात्र सफलता हासिल गर्न सकिन्छ, यही अभियानमा सम्पूर्ण कार्यकर्ता लाग्नुहोस् ।” उनले पार्टीलाई बलियो बनाउन सबैले एक हुनुपर्नेमा जोड दिए ।

उनले भने, “हिजो कसले के कमजोरी ग¥यो त्यसको पनि लेखाजोखा हुँदै गर्ला ।” उनले निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही हुने प्रष्ट पारे । पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले एकताको शुरुआत दाङबाटै गर्न पनि कार्यकर्तालाई आग्रह गरे “यहाँ अब प्रदेश सदस्यको उपनिर्वाचन हुँदैछ, यो काङ्ग्रेसका लागि चुनौतीको विषय हो, यसमा पहिले जस्तो घातअरघात हुने छैन”, उनले भने। उनले बाँकेका सभापतिमाथि भएको दुव्र्यबहारको विरोध गर्दै दोषीमाथि कारवाही नगरे संसद ठप्प पार्ने चेतावनी दिए ।