प्रवास

सेप्टेम्बर ११ मा गरे उद्योगपति चौधरीले अमेरिकामा पुस्तक विमोचन

अमेरिका । न्युयोर्कमा बरिष्ठ कवि तथा गीतकार वसन्त चौधरीको बिश्व काव्य यात्रा दोश्रो शृंखला अन्तर्गत न्युयोर्क श्रृङखला एक भब्य समारोह बीच सफलतापुर्वक सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क शाखाले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि न्युयोर्क राज्यका सिनेटर जोन सी लिउ, कार्यक्रमका बिशेष अतिथि मुख्य आकर्षक बसन्त चौधरी र अनेसास बोर्ड अफ ट्रस्टिजका अध्यक्ष गीता खत्री विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए ।

कार्यक्रमको शुभारम्भ बिशेष अतिथि कबि बसन्त चौधरीका हातबाट पानसमा बत्ती बालेर गरिएको थियो। कार्यक्रमको शुरुवात लोकप्रिय कलाकारद्वय सपना श्री र संगीता छोचुंले नेपाली राष्ट्रिय गान र प्रतिभावान सानी कलाकार अर्मानी महर्जनले अमेरिकन राष्ट्रिय गान गाएर गरिएको थियो। स्वागत मन्तव्यका लागि आउनु भएका कार्यक्रम सभापति राजेन्द्र श्रेष्ठले सबै उपस्थित अतिथिहरुलाई स्वागत गर्नुका साथ साथै ९,११ को दिनमा परेको कार्यक्रममा समस्त अमेरिका र विश्वका निम्ति कालो दिनको सम्झना दिलाउँदै केहि क्षण मौन धारण गर्न आह्वान गरे।

उद्योगपति तथा समाजसेवीका रुपमा देश तथा बिदेशमा सुपरिचित बसन्त चौधरीले अनेक कालजयी गीतहरु नेपाली संगीत जगतलाई प्रदान गरेर तथा नेपाली तथा हिन्दी भाषामा आफ्ना कविता संग्रह प्रकाशित गरेर एक कुशल गीतकार र कबिका रुपमा पनि आफ्नो विशिष्ट पहिचान बनाएका छन्।

कार्यक्रममा उनले लगभग एक घण्टा एकल कबिता बाचन शैलीमा आफ्ना पूर्व प्रकाशित र प्रकाशोन्मुख कबिता, गीत, गजल र मुक्तक बाचन गरेर सबैको मन जितेका थिए । नेपाली भाषा मात्र नभएर उनले हिन्दी तथा अंग्रेजी कविता, गीतहरु मार्फत उपस्थित बिदेशी अतिथिहरुलाई पनि उत्तिकै हर्षित बनाएका थिए। नेपाली, बिदेशी भाषा साहित्य प्रेमी दर्शकहरुले सभा कक्ष खचाखच भरिएको थियो । मिठो स्वरका धनी चौधरीसंगै दर्शक हरुले पनि गजल गाएर झुमेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथि र स्वयं श्रस्टाद्वारा चौधरीको नया कविता संग्रह “बसन्त”को लोकार्पण पनि गरिएको थियो। सो पुस्तक नेपाली भाषामा मात्र नभएर हिन्दी, मैथली, मारवाडी, नेपालभाषा, बंगाली, अंग्रेजी आदि गरि ९ भाषामा प्रकाशित गर्नु भएको छ जुन नेपाली साहित्यमा एउटा इतिहासनै बनेको छ। सोहि अवसर मा न्युयोर्क बासी नेपालीको तर्फबाट उनलाई अभिनन्दन गरिएको थियो । प्रमुख अतिथि जोन सी लिउ र बिशेष अतिथि गीता खत्रीले अभिनन्दन पत्र र सभापती राजेन्द्र श्रेष्ठले दोसल्ला र पुष्प गुच्छा अर्पण गरेका थिए ।

उक्त अभिनन्दन पत्रमा लेखिएको कार्यक्रम कि उद्घोषक शकुन ज्ञवालीले पढेर सुनाएका थिए । सोहि अवसरमा न्युयोर्क शहरको तर्फबाट बसन्त चौधरी ले नेपाली साहित्य र काब्य जगतलाई विश्व काब्य शृंखला मार्फत संसार भरि नेपाललाई चिनाउनुका साथै नेपाली कला साहित्यमा उनले पुर्याएको योगदानको कदर गर्दै प्रमुख अतिथि जोन सी लिउले साईटेसन प्रदान गरेका थिए ।

अभिनन्दित व्यक्तित्व बसन्त चौधरीले कार्यक्रमका प्रमुख अतिथि र अनेसास न्युयोर्क च्याप्टरलाई माया को चिनो प्रदान गरेका थिए ।लेखक स्वयम्ले आफ्नो नया कृति “बसन्त”को नौ वटै भाषाको किताबहरु प्रदान गरेका थिए। अत्यन्तै उल्लासमय वातावरणमा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा लेखकले अनेसास न्यु योर्क शाखालाई बिशेष धन्यबाद दिंदै यस काब्य यात्रामा सहयोग गर्ने सबै र उपस्थित श्रोता तथा सहभागी साहित्यप्रेमीहरुलाई धन्यबाद ज्ञापन गरे।

बिशेष अतिथि गीता खत्री ले बसन्त चौधरीलाई बधाई दिनुका साथै उहाको विश्व काब्य यात्राको अन्तिम शृंखला पनि न्युयोर्क मै गर्ने घोषणा गर्दै आफनो मन्तब्य राखेका थिए ।

कार्यक्रमको अन्त्यमा कार्यक्रम का सभापति राजेन्द्र श्रेष्ठ र समाज सेवी सोमनाथ घिमिरेले उपस्थित सम्पूर्ण पाहुनाहरुलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए। कार्यक्रमको उद्घोषक अनेसास न्युयोर्क शाखाका उपाधक्ष्य शकुन ज्ञवालीले कुशलतापूर्वक गरेका थिए ।