सामाजिक सञ्जाल

नेता गुरुङ भन्छन्, ‘यसो गरे कसैले पनि अबैध सम्पति लुकाउन पाउदैनन्’

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राष्ट्रिय परिचयपत्रलाई समपती विवरणसँग जोड्नुपर्ने बताएका छन् । उनले फेसबुकमा स्टाटस् लेख्दै आफू लेखा समितिमा ययी कुरा उठाउदा एक्लो परेको स्मरण गर्दै परिचयपत्रलाई सम्पती विवरणसँग जोडेमा ठुला–साना कसैलेपनि अबैध सम्पती लुकाउन नपाउने तर्क गरेका छन् ।

उनी भन्छन्, ‘राष्ट्रीय परिचयपत्रलाई मतदाता परिचयपत्रसँग जोड्ने कुरा आएछ, राम्रो हो। तर सुरु देखिकै मेरो भनाई: राष्ट्रीय परिचयपत्रलाई सम्पत्ती बिवरणसँग जोड्नुपर्छ। जसले गर्दा सानादेखी ठुलासम्म कसैले पनि अबैध सम्पत्ती लुकाउन नपाओस् तर यहि कुरामा पनि लेखा समितिमा म एक्लो परेको थिएँ।’