मनोरञ्जन

बिष्णु माझी र बिनोद विसीको गुलाबको फूल भिडियो सहित बजारमा

काठमाडौँ । बिष्णु माझी र बिनोद विसीको स्वरमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सहित सार्बजनिक गरिएको छ ।

सार्बजनिक गुलाबको फूल बोलको गीतमा युनिक भोजराज बिकको शब्द तथा संगीत रहेको छ भने कृष्ण बिक भान्जाको संगीत संयोजन रहेको छ । निश्चल केसीले निर्देशन गरेको भिडियोमा केकी अधिकारी,गम्भीर बिस्ट र सुरज श्रेष्ठ फिचर्ड छन् ।

ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन्। जिवन लुइंटेल क्रियसनको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको हो ।

 

गितको भिडियो हेर्नुहोस्ः