राजनीति

अध्यक्षको तरुणलाई निर्देशनः नेकपा आक्रमण बिरुद्धको काँग्रेसको माईतीघर प्रदर्शनमा सहभागी हुनुस्

काठमाण्डौ । नेपाल तरुण दलले शनिबार काठमाण्डौको माईतीघरमा हुने काँग्रेसको बिरोध कार्यक्रममा सहभागी हुन तरुण कार्यकर्तालाई निर्देशन दिएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुर काँग्रेसको संयुक्त आयोजनामा हुने बाँके काँग्रेस सभापति किरण कोईरालासहितका दर्जनौं नेता कार्यकर्तालाई बिहीबार नेकपाका कार्यकर्ताले साँघातिक आक्रमण गरी घाईते बनाएकोमा गर्न लागेको बिरोध प्रदर्शनमा सहभागी हुन उपत्यकाका तरुण दलका नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

उपत्यकामा उपलब्ध देशभरका तरुण नेता/कार्यकर्तालाई उपस्तिति भई काँग्रेसले गरेको बिरोध कार्यक्रमलाई सफल बनाउन कुनै कसर बाँकी नराख्न अध्यक्ष बस्नेतले निर्देशन दिएका छन् ।

उपत्यका काँग्रेसले काठमाण्डौको माईतीघरमा शनिबार अपरान्ह ३ बजे विरोध कार्यक्रम राखेको पार्टीले आज केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बताए लगत्तै अध्यक्ष बस्नेतले उक्त निर्देशन दिएका हुन् ।