राजनीति

शनिबार-सभापति देउवा बाँके जाने, उपत्यका काँग्रेसद्वारा माईतीघरमा ओली सरकार बिरुद्ध प्रदर्शन

काठमाण्डौ । नेपाली काँग्रेसले बाँके जिल्लामा भाद्र २६ गते सभापति किरण कोईरालासहितमा नेकपा कार्यकर्ताले गरेको सांघातिक आक्रमणको घटनाको सार्वजनिक गर्दै आक्रमणको निन्दा गरेको छ । सभापति शेरबहादुर देउवा भोलि २८ गते बाँके गएर आक्रमणस्थल पुगेर घटना अध्ययन गर्ने प्रवक्ता शर्माले पत्रकार सम्मेलनमार्फत जनाएका छन् ।

उक्त घटनाको बिरोधमा नेपाली काँग्रेसले विभन्न विरोध कार्यक्रमहरु गर्ने बताएको छ । बाँके घटना लगायत शान्ति सुरक्षाको खस्किएको स्थिति र सरकार संरक्षित गुण्डागर्दीका विरूद्ध सम्बन्धित निकायहरूमा ज्ञापन पत्र दिने ।

(क) काठमाडौँ उपत्यकाका हकमा काठमाडौँ, ललितपुर र भक्तपुरका नेपाली कांग्रेस जिल्ला सभापतिहरूको अगुवाइमा शनिबार विहान ८ः०० बजे गृहमन्त्री मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने ।

(ख) बाँकेका हकमा शुक्रबार १२ः०० बजेदेखिको प्रर्दशन निर्धारित छ । नेपालगञ्जको वीपी चोकदेखि जिल्ला पार्टी कार्यालय खजुरा रोडसम्म । सम्बन्धित प्रदेश सभा क्षेत्रका लागि केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत साथीहरूको नेतृत्वमा प्रर्दशन पश्चात स्थानीय प्रशासनलाई लिखित जाहेरी बुझाउने ।

२. काठमाडौँ, ललितपुर र भक्तपुरका सभापतिहरूको नेतृत्वमा शनिबार अपरान्ह ३ः०० बजे माइतिघर मण्डलामा शान्तिपूर्ण धर्ना।

जागरण अभियानमा डेंगु चेतना
डेंगुका कारण हजारौं नागरिक प्रताडित भइरहेको यो समयमा नेपाली कांग्रेसले हिपतम, जागरण अभियानकै क्रममा यस सम्बन्धी आवश्यक चेतना विस्तार गर्ने निर्णय गरिएको छ । अभियानका सबै कार्यक्रमका क्रममा देशव्यापी रूपमा यो विषयलाई विशेष प्राथमिकतामा राखी सर्तकताको अपिल गर्ने कार्यलाई तिव्रता दिइनेछ ।