पु.समाचार

बाँकेमा काँग्रेस कार्यकर्तामाथीको आक्रमणबाट कम्युनिष्टको चरित्र उदांङ्गियोः डा संग्रौला

काठमाण्डौ ।नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला सँग्रौलाले बाँके काँग्रेसकी सभापति किरण कोइरालासहित दर्जनौ कार्यकर्तामाथी नेकपाले गरेको आक्रमणको विरोध गरेकी छन् । नेतृ संग्रौलाले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै उक्त घटनाबाट कम्युनिष्ट चरित्र उदाङ्गिएको विचार व्यक्त गरेकी छन् ।
उनले भनेकी छन्, ‘बाँके जिल्ला, खजुरा गाँउपालिकाको सितापुरमा नेपाली काँग्रेस पार्टीको जागरण कार्यक्रम चलिरहेको अवस्थामा नेकपाका कार्यकर्ताहरु प्रवेशगरी अन्धाधुन आक्रमण गरेका छन् । आक्रमणबाट नेपाली काँग्रेसको जिल्ला सभापति श्रीमती किरण कोइरालाको हात फ्याक्चर भएको छ भने केन्द्रीय प्रतिनिधि विध्या प्रसाद खनाल लगायत दर्जनौ स्थानीय नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् । यो घटनाले कम्यूनिष्टको चरित्र उदाङगिएको छ । सक्ता र शक्तिको उन्मादमा गुण्डागर्दी शैलीमा भएको घृडीत आक्रमणको घोर भत्सना गर्दछु । कुनै पनि राजनीतिक दलले शाान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पाउने संवैधानिक अधिकार माथि ठाडो प्रहार भएको छ । यस किसिमको अराजक घटना एवं अमानवीय कार्य हुदाँ सम्म पनि सुरक्षा निकाय, स्थानीय प्रशाासन एवं सरकार मौन वस्नु अत्यन्त दुखदायी कुरा हो । घाइतेहरुको शिघ्र स्वास्थय लाभको कामना गर्दै दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछु ।’