राजनीति

पार्टी एकीरणको शुरुवातमा असहजता थियो,तर अहिले सबै ठी छः नेता खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने बताए ।

इलामको सूर्योदय नरपालिकास्थित फिक्कलमा बिहीबार नेकपाको कार्यक्रममा उनले स्थानीयस्तरमा विकासको लहर चलेकोसमेत उल्लेख गरेका हुन् ।

उनले ५६ वर्ष लगाएर क्रान्ति सम्पन्न गर्दै उपलब्धिसहित नयाँ नेपालको संविधान बनाउन सफल भएको भन्दै उनले अहिलेको संविधानलाई प्रत्येक पार्टीका सदस्यहरु जनप्रतिनिधिहरुले गहनरूपले अध्ययन गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

फरक प्रसङ्गमा खनालले पार्टी एकीरणको शुरुआतमा केही असहजता देखिए पनि अहिले समाधान भइसकेको बताएका हुन् ।