प्रदेश 2

पर्सामा आगा–लागि हुँदा ३ लाखको क्षती

पर्सा । पर्सामा गएराति आगालागि हुँदा ३ लाख ५० हजार बराबरको क्षति भएको छ । पर्सा जिल्लापोखरीया पोखरीया नगरपालीका वडा नम्बर १० शिवबर्मा बस्ने रामपृत राउत कुर्मिको खरले छाएको फुसको गोठमा राती ५ः३० वजे आगालागि भएको हो ।

लामखुट्टे धपाउन घुर बालेर सुतेको अवस्थामा अचानक आगो चारैतिर फैलदा गोठमा भएका बस्तुभाउ जलेर नष्ट भएको प्रहरीले बताएको छ । साथै मानविय क्षेतिभने हुन नपाएको पर्साा प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा विस्तृत अध्ययन भैरहेको र थप बिबरण आउन बाँकि छ  ।

यसैबीच पर्सा प्रहरीले लागुऔषध सहित एक व्यत्तिलाई पक्राउ गरेको छ । गएराति ९ बजेतिर गण्डक प्रहरी चौकिबाट खटिएको प्रहरी टोलीले पर्सा जिल्ला बि म न पा वडा नं १४ गण्डक स्थित सडकमा विभिन्न सवारी साधन तथा पैदलयात्रुलाई चेकजाँच गर्नेक्रममा ईन्द्र कुमार मानन्धरलाई पक्राउ गरेको हो ।

३७ वर्षका मानन्धरका साथबाट लागु औषध नाईट्रोभेट ट्याब्लेट ४५० पिस फेला परेकोले सो लागु औषध सहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।