पु.समाचार

सर्वाेच्चले भ्रष्टचारी लुकायो, अव सडक देखी सदनसम्म आन्दोलन चर्किन्छः अध्यक्ष थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणमा सर्वोच्च भ्रष्टचारीको संरक्षणमा लागेको प्रति आपत्ति जनाएका छन् । एनसेल करछली प्रकरण नेपालको हालसम्मको सबैभन्दा ठुलो भ्रष्टचारकाण्ड भएपनि भ्रष्टचारीकै हितमा फैसला गरेर सर्वाेच्चले भ्रष्टचारीलाई अंझ भ्रष्टचार गर्न  सघाउ पुर्याउने उनको भनाई छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यो भ्रष्टचार करिब ४० अरबको चलखेल भएपनि सर्वाेच्चले कर नर्तिन भनि गरेको फैसलाको उनले बिरोध गरेका छन् । साथै यस्को अन्तिम विकल्प संसद र जनता नै भएको उनले बताएका छन् । आफ्नो पार्टिले यो भ्रष्टचारी काण्डवारे सनदेखी सडक सम्म संर्घष चर्काएर लैजाने चेतावनी दिएका छन् ।

उनको ट्वीटः एनसेल करछलि नेपालको हालसम्मको सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड हो। करिव ४० अरबको चलखेल छ।यसवारे सर्वोच्च अदालतको पछिल्लो फैसलाले भ्रष्टाचारीलाई नै सघाउ पुर्‍यायो ।अव संसद र जनता नै अन्तिम विकल्प हो। राप्रपाले यो भ्रष्टाचार काण्डवारे सदनदेखि सडकसम्म आवाज उठाउने छ,संघर्ष चर्काएर लैजान्छ